
काठमाडौँ, १५ पुस । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुटेपछि सेवा अवरुद्ध भएको छ । दिउँसो साढे २ बजेबाट केबलकार अवरुद्ध भएपछि चन्द्रागिरी हिल्स उक्लिएका एक हजार जना सर्वसाधारणहरू अलपत्र परेका छन् ।
थानकोट प्रहरीकाअनुसार केबलकारको पाइप फुटेपछि अलपत्र परेका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणाली प्रयोग गरेर उद्धार गरिएको थियो। तर, माथि उक्लिइसकेका यात्रुहरू भने अझै अलपत्र छन् ।
‘दिउँसो साढे २ बजेबाट केबलकारमा समस्या आएको हो,’ थानकोट प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म केबलकार सञ्चालनमा आएको छैन् । हाइड्रोलिक केबल फुटेपछि त्यसको मर्मत भइरहेको केबलकारले जनाएको छ ।’
प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार