२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा जारी दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुदै


दाङ, ११ पुस ।
दाङको तुलसीपुरमा बिहिबारदेखि दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदानमा संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसीपुर नगर सभापती तथा त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर सभापति हमालले सभ्य समाज निर्माणमा खेलकुदको अहम भुमिका रहेको बताउनुभयो । खेलकुदले स्वस्थ र अनुशासित नागरिक तयार गर्ने भएकाले यसको गरिमा लाई सदैव उच्च राख्नु पर्ने उहाँले बताउनुभयो । राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद विभाग प्रमुख दिपक केसि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरका संचालक राजु यरिको अध्यक्षता तथा नेपाली काग्रेस तुलसीपुर नगर सभापति हमालको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश खेलकुद बिभागका प्रमुख दिपक केसि र दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष भरत कवरको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

नेपाल शिक्षक संघ तुलसीपुर नगरका अध्यक्ष घनश्याम डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको हो ।

यसैबिच बिहिबार भएको उद्घाटन खेलमा रुकुम पश्चिमले बिजयी सुरुवात गरेको छ । गुरुजजुर नमुना माबी रक्षाचौर लाई २५ –१६ र २५–१९ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिमले बिजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तरगत शुक्रबार आज पहिलो खेलमा अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसिपुर रुकुम भलिबल टिम भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा न्यु स्टार र जनश्रम माबी खाद्रे, तेस्रो खेलमा ग्रेट अरनिको माबी तुलसिपुर र नेपाल राष्ट्रिय युवा संघ तुलसिपुर ३ आमनेसामने हुनेछ्न् ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्ने टिम लाई क्रमशः नगद ५०,३० र १५ हजार पुस्कार संगै कप,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडी लाई ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा दाङ,सल्यान,रोल्पा,रुकुम लगाएत १२ जिल्लाका भलिबल टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस