२०८२ जेष्ठ २९ गते बिहिवार

कैदीबन्दीलाई फलफूल र खेलकुदका सामग्रि वितरण

तुलसीपुर, १० पुस । ‘क्रिसमस डे’ का अवसरमा कारागार कार्यालय तुलसीपुरमा फलफूल तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।

पिडित सेवा संघ दाङका संयोजक टोप बहादुर महतारा र गित विष्ट महताराको परिवारले आज (बुधबार) कारागार कार्यालय तुलसीपुरमा रहेको महिला बन्दी गृहमा रहेका कैदिवन्दीहरुलाई फलफूल वितरण गरेको हो ।यस्तै आज ‘क्रिसमस डे’ का अवसरमा खिर खुवाउने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनसभयो ।

महतरा परिवारले क्रिसमसको अवसर पारेर पुरुष बन्दीगृहमा रहेका खेलाडीहरुलाई भलिबल,फुटवल,चेस लगाएतका खेलकुद सामाग्री हस्तान्तरण गरिएको जिल्ला संयोजक महताराले जानकारी दिनुभयो ।

पिडित सेवा संघ दाङका संयोजक महताराले विभिन्न कारणले कैदि जिवन बिताइरहेका कैदिवन्दीहरुलाई विगतदेखी विभिन्न समयमा सहयोग गदै आउनुभएको छ ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस