
दाङ, १० पुस । दाङसहित देशका अधिकांश ठाउँमा मौसममा बदली देखिएको छ । दाङ उपत्यकामा अहिले हुस्सु लागेको छ । बिहानै हुस्सु लागेका कारण चिसोको महशुस अत्याधिक गरिएको छ ।
नेपालमा गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले देशका धेरै जसो ठाउँमा प्रभाव पारेको छ ।
दाङ उपत्यकालगायत केही ठाउँमा सामान्य हिउँदे वर्षा भएको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि छिटपुट वर्षा भएको छ ।
गएराति देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । आजदेखि भने मौसम सुधार हुँदै जाने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार