२०८२ जेष्ठ ५ गते सोमवार

सिद्धेश्वरी प्रावि मुलकोटका बालबालकालिकालाई न्यानो कपडा


दाङ, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को सिद्धेश्वरी प्रावि मुलकोटका बालबालकालिकालाई न्यानो कपडा वितरण गरिएको छ । चिसोका कारण बालबालिकाको पढाइमा अवरोध नहोस् भनेर बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सुमन राना, सुदन राना, लक्ष्मण राना र किशोर रानाले आमा लक्ष्मी रानाको स्मृतिमा न्यानो कपडा वितरण गर्नुभएको हो ।

विद्यालयका २६ जना बालबालिकालाई आइतबार विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको तुलसीपुर-४ का निवर्तमान वडाअध्यक्ष धु्रब रानाले बताउनुभयो ।

उहाँले चिसोका कारण बालबालिकाको पढाइ समेत प्रभावित हुने भएकाले पनि बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव ल्याउन न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

त्यस अवसरमा मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने दाताप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक कामका लागि थप प्रगतिको कामनासमेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस