२०८१ फाल्गुन ६ गते मङ्गलवार

बाजुरा केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प

बाजुरा, ६ पुस । सुदुरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान ४ः १४ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । दाङमा पनि भुकम्पको धक्का धेरै महशुस गरिएको विभिन्न व्यक्तिले सामाजिक संजालमार्फत बताएका छन् । यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन् ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस