२०८२ असार ३ गते बुधवार

बिजौरीमा दुई जनालाई धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ

तुलसीपुर, ५ पुस । दाङको तुलसीपुर उपमहानगरपालीका–१८,माल बिजौरीमा बिहीबार राति पसलमा सामान किनिरहेका दुईजना व्यक्तिलाई धारिलो हतियार (ग्राँसी) प्रहार गरि फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तुलसीपुर–१८ बिजौरीका २१ वर्षिय प्रकाश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाकले जानकारी दिनुभयो । पक्राउ परेका चौधरी माथी थप अनुसन्धान भइरहेको छ ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

गएराती १० बजेतिर बिजौरीको प्रचण्ड किराना पसलमा सामान किन्न गएका बेला तुलसीपुर–७ का ३० वर्षका सुरेश रसाइली र २८ वर्षका सुरज पुन उनिहरूको आक्रमण परेका थिए । घटनामा सुरेशको बाँया कानको छेउमा गहिरो चोट लागेको छ भने सुरजको बाँया हात भाँचिएको छ ।

दुवै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जको नर्सिङ होममा पठाइएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस