२०८३ भाद्र १५ गते सोमवार

दाङमा पसलमा सामान किन्न गएका दुई युवकमाथि धारिलो हतियार प्रहार

दाङ, ५ पुस । दाङमा धारिलो हतियार प्रहारबाट दुई युवक गम्भिर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालीका–१८,माल बिजौरीमा गएराति एक समुहले धारिलो हतियार (ग्राँसी) प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका हुन् ।

रातको १) बजेतिर प्रचण्ड किराना पसलमा सामान किन्न गएका तुलसीपुर–७ का ३) वर्षका सुरेश रसाइली र २८ वर्षका सुरज पुनलाई स्थानीय एक युवाको समुहले धारिलो हतियार (ग्राँसी) ले आक्रमण गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाका अनुसार घटनामा तुल्सीपुर–१८ का अन्दाजी ३)÷३१ वर्षका प्रकाश चौधरी,सन्दीप चौधरी र रेशम चौधरीसहित तीन जनाको समुहले सामान किन्दै गरेका उनिहरू दुवैजनालाई आक्रमण गरेका थिए। घटनामा सुरेशको बाँया कानको छेउमा गहिरो चोट लागेको छ भने सुरजको बाँया हात भाँचिएको छ।

घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जको नर्सिङ होममा पठाइएको छ।

घटनामा संलग्न तीनै जना आरोपी फरार रहेका छन्।उनीहरूको खोजी कार्य जारी रहेको र प्रारम्भिक अनुसन्धानले घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस