२०८१ फाल्गुन ६ गते मङ्गलवार

स्व. आचार्यको १७ औँ स्मृति दिवसमा भोलि विभिन्न कार्यक्रम हुने 

दाङ, २ पुस । दंगाली बाम आन्दोलनका नेता स्व. श्रीमणी आचार्यको १७ औँ स्मृति दिवसमा भोलि विभिन्न कार्यक्रम हुने भएका छन् । 

दिवसको अवसरमा भोलि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडामा रहेको श्रीमणी पार्कमा निशुल्क स्वास्थ्य शिविरदेखि विभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । 

दिवसको अवसरमा हुने शिविरमा महिला प्रजनन र आँखा स्वास्थ्यबारे नि : शुल्क जाँच हुने तुलसीपुर-११ का वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो । उहाँले आम नागरिकलाई शिविरमा स्वास्थ्य जाँच गराउन आग्रह समेत गर्नुभएको छ । 

उहाँका अनुसार दिवसको अवसरमा भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको छ । यस्तै दिवसका अवसरमा विभिन्न साँस्कृति कार्यक्रमको समेत आयोजना गरिएको उहाँले बताउनुभयो । 

नेकपा एमाले तुलसीपुर-११ नम्बर वडा कमिटीको आयोजनामा नि : शुल्क शिविर तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । 

१९ वर्ष ६ महिनाको शिक्षण पेशा छोडेर बाम आन्दोलनमा होमिएका आचार्यको २०६४ पुस ३ गते मृत्यु भएको हो । 

स्वर्गिय आचार्यको वडा नम्बर ११ मालेडाँडामा शालिक निर्माण गरी पार्क समेत बनाएको वडा अध्यक्ष रावतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस