
दाङ, १ पुस । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले गएराति सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गर्नु भएको । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजातिमा सविन प्रियासन विजयी हुनुभएको छ । सचिव मधेशीमा अशोककुमार तिवारी, सचिव दलिततर्फ प्रकाश धौलाकोटी, एशोसिएटतर्फ बैकुण्ठराज पराजुली विजयी हुनुभएको छ ।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । समितिका अनुसार लेखा समिति संयोजकमा केसी लामिछाने, समितिको सदस्य खुलामा केशवप्रसाद बोहरा, लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेल विजयी हुनुभएको छ । महासङ्घको निर्वाचन गएको मंसिर २८ गते भएको थियो ।