२०८१ माघ २ गते बुधवार

दाङमा लागुऔषध ब्राउन सुगरसहित रोल्पाका एक जना पक्राउ


दाङ, १८ मंसिर । दाङमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले रोल्पा परिवर्तन गाउँपालिका-६ बस्ने बर्ष ३० को बिरेन्द्र बुढा मगरलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनलाई संकास्पद रुपमा हिडिरहेको अबस्थामा घोराही उपमहानगरपालिका-१३ बर्माचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

उनको साथबाट सानो ५ वटा पुडिया बनाई धागोले बाधी लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३ ग्राम ४२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस