२०८१ मङ्सिर २३ गते आइतवार

जुवा खेलिरहेको अवस्थामा तुलसीपुरबाट आठ जना जुवाडे पक्राउ


दाङ, ७ मंसिर । तुलसीपुरमा एक लाख बढी नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१० पड्डास्थित एक घरबाट नगदसहित जुवा खेलिरहेका आठ जनालाई पक्राउ गरेको हो ।

बिहिबारी राती ११ बजेतिर पत्तु चौधरीको घरमा कोठा भाडामा बस्ने चेत लाल बुढाथोकीको कोठामा अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हान्दा ८ जना जुवाडे पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ परेकाको साथबाट नगद १ लाख ११ हजार ७१० र तासका पत्ता बरामद गरिएको छ ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा तुलसीपुर-६ का ५९ वर्षिय चेत लाल बुढाथोकी, सोहि ठाउँकै ४० वर्षिय जिवराज डाँगी , तुलसीपुर-१२ का ५६ वर्षिय तिलक केसी, तुलसीपुर-६ का ४३ वर्षिय फिरु चौधरीलाई पक्राउ गरेको छ ।

यस्तै तुलसीपुर-१० का ४४ वर्षिय किरण प्रसाद बम, तुलसीपुर-६ का सुदन वली, तुलसीपुर-६ कै २९ वर्षिय तिलकराम चौधरी , ४५ वर्षिय कणर् चौधरीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढेको छ । पक्राउ परेका सबैलाई तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीले जुवा खेल तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस