शरद रेग्मी ।
गंगटे, १ कार्तिक । नेपाली कांग्रेसको सय दिने संगठन सुदृढिकरण अभियान गंगटेमा भैरहंदा त्यहांका स्थानियबासीको वेग्लै आक्रोश छ । उनीहरु एकातिर निकुन्जबाट आउने बन्य जन्तुको आक्रमणले त्राहित्राहि छन् । अर्कातिर गंगटेको समग्र विकाशमा स्थानिय सरकारनै वेखवर रहेको स्थानियबासीले बताएका छन् ।
जिल्ला सभापति सहित कांग्रेस गंगटे पुग्दा त्यहांका स्थानियबासीले गंगटेको सवैभन्दा ठुलो पिडा भनेको निकुन्जबाट आउने जंगली जनावरको आतंक हो । यसलाइ रोक्न स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारसंग त्यहांका स्थानियबासीहरुले कांग्रेसको घरदैलो अभियानमा माग गरेका छन् । ‘राजनिति र नेपाली कांग्रेसलाइ हामीले राम्ररी बुझेका छौं, अव संगठन विस्तारसंगै यहांका जनताको दैनिक जनजिविकालाइ सुरक्षित बनाउन निकुन्जमा तारबार गर्न र ववइ नदिमा पक्कि तटवन्ध निर्माण गर्न आग्रह गर्दछौं’, ववइ गाउपालिका—१ का स्थानियबासी पोखरसिंह बुढाले भने । उनले जंगली जनावरले बर्षभरी गुजारा गर्न फलाएको अन्नवाली स्याहानै नदिने समस्याबाट मुक्ती दिने विकल्प खोज्न पनि पार्टि प्रतिनिधिहरुलाइ आग्रह गरे ।
‘हामी एकातिर निकुन्ज क्षेत्रबाट आउने वाघ, बदेल र बादरबाट आतंकित छौं, अर्कातिर हामीलाइ विकाशको अनुभुति पनि हुन सकेको छैन’, गंगटेकै अर्का स्थानियबासी राम वहादुर पुनले भने । गंगटेलाइ केहि अघि मात्र सडक यातायातले छोएपनि वाह्रै महिना यातायात सुविधा नहुदा स्थानियबासीलाइ निकै कठिन्याइ भैरहेको उनले बताए । ‘सुत्केरी वेथाले च्यापेका गर्भवतीलाइ एम्वुलेन्समा अस्पताल लैजान पनि समस्या छ’, रामवहादुरले भने, यहां आउने वाटो वाह्रै महिना चल्ने बनाउन विनर्म आग्रह गर्दछु ।’ गंगटेबासी विरामी परेमा वा सुत्केरी व्यथाले च्यापेमा चिन्ना लगाएर ववइ तरेर सम्सेरगन्ज निस्केर कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।
त्यसैगरी गंगटेमा सहज रुपमा सफा पिउने पानीको समस्या रहेको, विद्युतको नियमितता नभएको, टेलिफोन सेवा पनि मस्कीलले सन्चालन हुने लगायतका समस्यै समस्या रहेको पनि उनले बताए । ‘यो सडकलाइ वाह्रै महिना चल्नेगरी बनाउन हामीले पटक पटक हापुरे गएर स्थानिय सरकारलाइ गुहार्यौ, तर स्थानिय सरकारको यहां उपस्थीतिनै छैन’, रामवहादुरले स्थानिय सरकारप्रति आक्रोश पोखे । जुन पार्टिको स्थानिय सरकार बनेपनि गंगटे उपेक्षामा परीरहेको उनीहरुको भनाइ थियो । कांग्रेसको सय दिने अभियानमा पार्टि संगठन सुदृढिकरणको भन्दा पनि स्थानियलाइ समावेसी एवं समानुपातिक विकाशको चिन्ता थियो । स्थानियबासीले राजनितिलाइ विकाश निर्माणसंग जोड्न सकेमात्र आम गंगटेबासीको अपेक्षा पुरा हुने पनि स्थानियबासीको अभिव्यक्ति थियो ।
नेपाली कांग्रेस ववइ गाउपालिका वडा नं १ का इकाइ सभापति डिल्ली वहादुर विष्टको अध्यक्षतामा भएको नेपाली कांग्रेसको सय दिने अभियानलाइ संबोधन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस जिल्ला सभापति शंकर प्रसाद डांगिले गंगटेको समस्यामा नेपाली कांग्रेस सधै सकारात्मक रहेको बताए । ‘तपाइका यावत समस्यामा नेपाली कांग्रेस दाङ संगसंगै छ, यहांको समग्र विकाश निर्माणकालागी संघ र प्रदेशमा आवाज उठाउने छु’ सय दिने अभियानलाइ संबोधन गर्दै प्रमुख अतिथि डांगीले भने । गंगटेको समग्र विकाशमा सवैभन्दा बढि नेपाली कांग्रेस चिन्तित रहेको भन्दै वगरपुरदेखि यहां आउने सडकलाइ वाह्रै महिना चल्ने बनाउन आफुले तीनै तहका सरकार समक्ष पहल गर्ने पनि उनले आश्वासन दिए ।
ववइ गाउपालिका—१ गंगटेमा आयोजित नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गतको घरदैलो कार्यक्रमको संयोजन नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विमल रिजालले गरेका थिए । कार्यक्रममा विषयप्रवेश गराउदै महाधिवेशन प्रतिनिधि विमल रिजालले गंगटेको समस्याप्रति नेपाली कांग्रेस गम्भीर रहेको बताउदै यहांको यातायात, खानेपानी तथा स्वास्थ्य सेवाका विषयमा कांग्रेसले सधै सकारात्मक भुमिका निर्वाह गर्ने बताए । ‘यसै महिनाको अन्तिम साता नेपाली कांग्रेस दाङ र तुलसीपुर सिटि अस्पतालको आयोजनामा हामीले गंगटेमा विशेषज्ञ सहितको निशुल्क शिविरको आयोजना गर्ने छौं’, महाधिवेशन प्रतिनिधि रिजालले भने । कांग्रेस हरेक जनताको सुख दुखमा साथ दिने पार्टि भएको स्मरण गर्दै उनले गंगटेको समृद्धिकालागी पार्टिले हरतरहले प्रयास गर्ने पनि बताए ।
सो अवसरमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ ख का सभापति खिम वहादुर वली, नेपाली कांग्रेस क्षेत्रीय सचिव पुर्ण वहादुर केसी, जिल्ला सदस्य शंकर प्रसाद शर्मा, ववइ गाउ इकाइ सभापति प्रकाश बस्नेत, उद्योग व्यापार समिति दागंका सदस्य दुर्गा बहादुर खड्का लगायतले सय दिने अभियानका विषयमा चर्चा गरेका थिए । साउन महिनामै सुरु भएको नेपाली कांग्रेसको सय दिने अभियान अविरल बर्षातका कारण भएको क्षतिका कारण रोकिएको थियो ।
त्यसपछि पर्वहरु नजिकिएसंगै तिहारपछि पुनः नेपाली कांग्रेसको सय दिने अभियान सुरु भएको छ । नेपाली कांग्रेस दाङले पनि सय दिने अभियानकालागी जिल्लाका सयवटै वडाहरुमा प्रतिनिधि खटाएको कांग्रेस दाङका सभापति शंकर प्रसाद डांगिले बताएका छन् । गंगटेमा आयोजित सय दिने अभियानको सहजीकरण ववइ गाउपालिका कार्यपालिका सदस्य मोतिसरा विकले गरेका थिए ।