२०८२ जेष्ठ २९ गते बिहिवार

कपुरकोट हाटबजारमा दैलेखका स्थानीय तहका प्रमुख र उपप्रमुख


सल्यान, १२ कार्तिक । दैलेख जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले सल्यानको कपुरकोट तरकारी हाटबजारको अवलोकन गरेका छन् ।

नारायण नगरपालिका प्रमुख लोमस शर्मा, दुल्लु नगरपालिकाका उपप्रमुख विना कार्की, नौमुले गाउँपालिका अध्यक्ष छवि सुवेदी, भगवतीमाई गाउँपालिका अध्यक्ष मिना खडका र दैलेख जिल्ला कृषि विकास कार्यालयका राजु भुजको टोलीले हाटबजारमा उत्पादन भएका तरकारीको बजार अवस्थाबारे जानकारी लिनुभएको हो ।

त्यस अवसरमा हाटबजार सञ्चालन समिति अध्यक्ष तिलक शर्माले ६ महिनामा ४३ करोडभन्दा बढीको तरकारी बिक्री गरिएको बताउनुभयो । उहाँका अनुसार अनुसार पछिल्लो ६ महिनामा कपुरकोट हाटबजारबाट ४३ करोड ९६ लाख रुपैयाँ बराबरको तरकारी बिक्री भएको छ ।

पछिल्लो ६ महिनामा औसतमा टमाटर प्रतिकेजी ८३ रुपैयाँ, बन्दा प्रतिकेजी ४० रुपैयाँ, काउली ८४ रुपैयाँ र भेडेखुर्सानी १०३ रुपैयाँको दरले बिक्री भएको हो । कपुरकोटको हाटबजारले कपुरकोट र आसपासमा उत्पादित तरकारीको बजारलाई थप सशक्त बनाउँदै कृषकहरूलाई आर्थिक लाभ पुर्याइरहेको अवलोकन टोलीले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस