
सल्यान, २ कार्तिक । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति नमुना माविमा स्थापना गरिएको ‘जीवन ज्योति स्वावलम्बी उत्थान कोष’मा सात लाख बढी रकम संकलन भएको छ । कोष स्थापना गरेको एक महिना नपुग्दै अर्थात २४ दिनमै ७ लाख ११ हजार ९९५ रुपैँय नगद संकलन भएको हो ।
कोषमा अहिलेसम्म सबैभन्दा बढी ५९ हजार ९९९ सम्मको रकम नगद सहयोग एउटै व्यक्तिबाट प्राप्त भएको छ । विद्यालयका प्रधानाध्यापक एवं कोषको सदस्य सचिव भुपाल साहुका अनुसार कोषमा अहिलेसम्म सबैभन्दा बढी रकम व्यवसायी तथा कपुरकोट-५ रिम निवासी चित्र बहादुर बोहराले सहयोग गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न, अनाथ र अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ कोषको स्थापना गरिएको हो ।
कोषमा दुई वर्षभित्र ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको कोषका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । सहयोगी दाताको सहयोग निकै उत्साहरुपमा अघि बढेको र लक्ष्यमा सहजै पुग्न सकिने उहाँले बताउनुभयो ।
कोषमा कुल प्राप्त व्याजमध्ये विपन्न विद्यार्थीका लागि १५ प्रतिशत, अनाथ विद्यार्थीका लागि १५ प्रतिशत, अपांगता भएका विद्यार्थीका लागि ५ प्रतिशत, जेहेन्दार विद्यार्थीका लागि १५ प्रतिशत, शैक्षिक गतिविधिका लागि ३० प्रतिशत, , दीर्घ रोगी र असहाय व्यक्तिका लागि ५ प्रतिशत, नव पर्वतन तथा खेलकुदका लागि १० प्रतिशत र कोष वृद्धिका लागि ५ प्रतिशत व्याज रकम खर्च गरिने विद्यालयले जनाएको छ ।
कोषलाई सहयोग गर्ने दाताहरूमा विद्यालयका पूर्व विद्यार्थी, पूर्व शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघ संस्थाहरू र अभिभावकहरू रहेका छन् ।
कोषमा आजीवन विशिष्ट सदस्यता प्राप्त गर्न कम्तिमा २० हजार, विशिष्ट सदस्य प्राप्त गर्न कम्तिमा १० हजार सहयोग गर्नुपर्ने कार्यविधि बनेको छ । कोषमा सबै पूर्व विद्यार्थी र शिक्षक कर्मचारीले न्यूनतम १ हजार १ सय सहयोग गरेर पनि कोषमा आवद्ध हुन सकिने विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीको संयोजकत्वमा सात सदस्यीय कोष सञ्चालन समिति रहेको छ । कोषको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक भुपाल साहु रहने कार्यविधि छ । अन्य सबै पदाधिकारीहरू विशिष्ट सदस्य हुनुपर्ने प्रावधान रहेको छ । विद्यालयले सहयोगीदाताबाट प्राप्त गरेको रकम बैंकमा मुद्दती खाता खोलेर राख्ने र त्यसबाट प्राप्त व्याजमात्रै खर्च गर्ने निणर्य गरेको संयोजक भण्डारीले बताउनुभयो ।
यसैबिच संयोजक प्रकाश भण्डारी र सदस्य सचिव भुपाल साहुले सहयोगीदाता सम्पूणर्मा आभार प्रकट गर्नुभएको छ । साथै विद्यालयले थालेको अभियानमा जोडिन अरु सहयोगीदातालाई अनुरोध समेत गरिएको छ ।
अहिलेसम्म सहयोग गर्ने सहयोगी दाताहरुको नामावली :
१. चित्र बहादुर बोहरा-५९,९९९/-
२.नेत्रा बोहरा -४९,९९९/-
३.ईश्वरी घर्तीमगर-४१,१४१/-
४. प्रकाश भण्डारी-३३,३३३/-
५. तेज घर्ती मगर-३०,०००/-
६.भिमसेन बि.एम.-२३,४५६/-
७.होम बहादुर खड्का-२१,१२१/-
८. दिनेश वली (ढोल बहादुर)-२१,१२१/-
९. भुम बहादुर बुढाथोकी-२०,९९९/-
१०.यमुना पुन -२०,५५५/-
११.रण बहादुर बुढामगर-२०१२१/-
१२.अमृत डाँगी-२०,१०५/-
१३. जित सागर रावत-२०,००५/-
१४.खर्क सिंह बोहरा-२०,००३/-
१५. भुपाल साहु-२०,०००/-
१६.भुपेन्द्र बोहरा-२०,०००/-
१७. भिम प्रकाश शाही – १२,१०५/-
१८. तिलक बुढाथोकी- ११,१२१/-
१९.टिकाराम रेउले- ११,१२१/-
२०. भरत खड्का-१११११/-
२१. जीतसागर जी. एम.- ११,१११/-
२२. तिला बुढा मगर-११,००५/-
२३.रुद्र बस्नेत-१०,५०५/-
२४.नारायण वि.क. १०,१५५/-
.२५. गिता बोहरा-१०,१२१/-
२६.खिम बहादुर बुढा १०,११५/-
२७.लोक बहादुर खत्री १०,११४
२८.रोहित महतारा १०,१११/-
२९.बम बहादुर बस्नेत १०,१११/-
३०.पलविर नेपाली पवन १०,१०५/-
३१. दलजित बुढा १०,१०५/-
३२.बहादुर बि.क. १०,१०५/-
३३.रामकृष्ण वि.क १०,१००/-
३४.जालम सिंह महतारा-१०,०५५/-
३५.दोणर् बहादुर साहु-१०,००५/-
३६.सुशिला बोहरा-१०,००५/-
३७.मोहनलाल रोका-१०,००५/-
३८.दयाराम बुढा-१०,००५/-
३९.प्रेम भण्डारी-१०,००५/-
४०.विष्णु बुढाथोकी-१०,००५
४१.शंकर आचार्य-८,०००/-
४२.गोविन्द बुढाथोकी-५,५००/-
४३.धन बहादुर कामी -११००/-
४४.अन्यबाट १५०००/-