२०८३ भाद्र १६ गते मङ्गलवार

दाङमा बनभित्र जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडे पक्राउ


दाङ, २२ असोज । दाङमा जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले आज दिउँसो ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को कुटिचौर शान्ति कर्मकोट सामुदायिक बनमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रोल्पाको परिवर्तन गाउँपालिका–२ का २८ वर्षिय हिमाल वली, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का ३३ वर्षिय जीवराज रावत, घोराही–९ का ३७ वर्षिय केशव शाह, घोराही–१३ का ३० वर्षिय सुर्य बोहरा र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का ३० वर्षिय केदार परियार पक्राउलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ७० हजार ११० नगदसहित तासका ६ थान गड्डी बरामत गरिएको छ । प्रहरीले दशैँ भित्रिएसंगै रमाइलोको नाममा खेलिने जुवातास नियन्त्रका लागि पछिल्लो पटक जुवाडेलाई धमाधम पक्राउ गर्न थालेको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस