२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा बाल यौन दुरुपयोगको आरोपमा एक जना पक्राउ

दाङ, २१ असोज । दाङमा बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ५ वर्षको बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ चौघेराका १९ वर्षिय बिजय चौधरी पक्राउ परेका हुन् ।

चौधरीले बालिकालाई १७ गते बाल यौन दुरुपयोग गरेको भनि प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस