
कपुरकोट, ८ असोज । सल्यानको कपुरकोटमा बैंक, लघु वित्तीय तथा सहकारीको १४ सदस्यीय मिलन केन्द्र गठन गरिएको छ । साना किसान कृषि सहकारी संस्थाका वरिष्ठ प्रबन्धक तिर्थ राज शर्माको अध्यक्षतामा गठन कार्यक्रम भएको हो ।
गठन गरिएको मिलन केन्द्रमा मदन केसी संयोजक, हरि प्रसाद बस्नेत सचिव र जित प्रसाद आचार्य कोषाध्यक्षको रूपमा चयन हुनुभएको छ । टोलीले सुचना अधिकारीको जिम्मेवारी निर्मल भण्डारीलाई दिएको छ ।
कार्यक्रममा कपुरकोटमा रहेका १२ वटा बैंक, वित्तीय संस्था र सहकारीका प्रतिनिधिहरू सहभागी थिए । यस मिलन केन्द्रको गठनले स्थानीय वित्तीय सेवामा सघनता र सहयोग बढाउने विश्वास व्यक्त गरिएको छ । यस पहलले कपुरकोटको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको आचार्यले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार