२०८२ असार २८ गते शनिवार

महासचिव शंकर पोखरेलको गृह नगरमा नयाँ कमिटी सर्वसम्मत चयन

दाङ, ८ असोज । नेकपा एमाले तुलसीपुर उपमहानरको नयाँ कमिटी सर्वसम्मत चयन भएको छ । रूप बहादुर खत्रीको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । नवगठित नगर कमिटीको उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी र रेवती बिक रहनु भएको छ । तुलसीपुर महासचिव शंकर पोखरेलको गृह नगर हो ।

अन्य ७६ जना सदस्यहरू भने दलित, जनजाति, महिला, भूगोल अनुसार रहेको निर्वाचन समितिले जनाएको छ । नगरमा ८५ सदस्यीय कमिटी बनाउन सकिने प्रावधान भएपनि अहिले ८१ सदस्यीय कमिटी बनेको अध्यक्ष खत्रीले बताउनुभयो ।

आइतबारदेखि शुरु भएको अधिवेशनले सोमबार बिहानमात्रै नयाँ नेतृत्व छनौट गरेको हो । मूख्य पदमा धेरै जना आकांक्षि देखिएपछि आइतबार रातभरको रस्साकस्सीपछि सोमबार बिहान ७ बजे नगर कमिटीको नाम घोषणा गरिएको थियो । अध्यक्ष खत्रीका अनुसार दशैँ अघि नै नयाँ पदाधिकारीले सपथ लिने तयारी रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस