२०८१ फाल्गुन १ गते बिहिवार

काउण्टर राख्ने विषयमा सल्यानमा दुई यातायात प्रालिबिच विवाद

सल्यान, ५ असोज । सल्यानमा तरबार प्रहारबाट दुई जना घाइते भएका छन् । शारदा यातायात प्रालि र सल्यान रुकुम यातायात प्रालिका गाडीहरूको काउन्टर कहाँ राख्ने भन्ने विषयमा भएको विवादका क्रममा तरबार प्रहार भएको हो।

शारदा यातायात प्रालिका २५ वर्षीय इन्चार्ज शिवप्रसाद कुँवरले लुकाई छिपाई ल्याएको तरबारले सल्यान रुकुम यातायात प्रालिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी र शिवप्रसाद कुँवरलाई घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते शालिकराम डाँगीको दाहिने हातको पाखुरा र बाँया हातमा चोट लागेको छ, जबकि शिवप्रसादको टाउको र निधारमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेसमबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार डाँगीको उपचार कान्तिपुर सामुदायिक अस्पतालमा भइरहेको छ । कुँवरलाई श्रीनगरस्थित मेट्रो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस