
सल्यान, ३ असाेज ।
सल्यानकाे कपुरकोट गाउँपालिकास्थित साना किसान कृषि सहकारी संस्थाले बिहिवार २७ औं वार्षिक साधारण सभा गरेकाे छ ।
संस्थाका अध्यक्ष डम्बरबहादुर यरीकाे अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनकाे प्रमुख आतिथ्यमा साधारणसभाकाे उद्घाटन कार्यक्रम गरिएको हाे । त्यस अवसरमा गाउँपालिका अध्यक्ष पुनले आर्थिक तथा सामाजिक रूपान्तरणमा सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयाे। उहाँले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा लगाएर आर्थिक समृद्धि गर्न सकिने बताउनुभयो ।
यस्तै उपाध्यक्ष प्रकाश भण्डारी, नेपाल कृषि सहकारी केन्द्रीय संघ लेखा समिति सदस्य चिरञ्जीवी केसी, वनस्पति अनुसन्धान केन्द्र, मूलपानी सल्यानका प्रमुख डा. मित्रलाल पाठक, र कपुरकोट कृषिउपज हाटबजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्मा लगायतले सहकारी सानाे पुँजी एक ठाउँमा ल्याउने सजिलो माध्यम रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष डम्बरबहादुर यरिले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आगामी कार्यक्रम तथा रणनीति कार्यालय प्रमुख तिर्थराज शर्माले प्रस्तुत गर्नुभयो । लेखा समिति प्रतिवेदन सदस्य अभिषेक सेनले प्रस्तुत गर्नुभएको थियो। शेयर सदस्यका तर्फबाट शुभकामना मन्तव्य ठगबीर बिकीले दिनुभएको थियो।
संस्थाका मुख्य तथ्याङ्कहरूमा १२४९ जना सदस्य, १ करोड ६७ लाख ४४ हजार रुपैयाँ शेयर पूँजी, ४ करोड ९९ लाख ७६ हजार रुपैयाँ निक्षेप, १ करोड २२ लाख ३४ हजार रुपैयाँ जगेडा कोष, र १४ करोड ८ लाख रुपैयाँ ऋण लगानी रहेको छ।
संस्थाले २९१ वटा समूहलाई सेवा दिइरहेको छ जसमा ७६% सहभागिता महिलाहरूको रहेको छ। २०८१ असार मसान्तसम्मको विवरण अनुसार संस्थाले ३३ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने असुली दर ९४.१२% रहेको छ।
कार्यक्रम संचालन संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले गर्नुभएकाे हाे ।