२०८१ माघ ८ गते मङ्गलवार

सानीमा रिलायन्स लाइफ तुलसीपुर शाखाको तीज मिलन


तुलसीपुर, १५ भदौ । सानीमा रिलायन्स लाइफ तुलसीपुर शाखाले अभिकर्ता पुर्नताजकी तथा तीज मिलन कार्यक्रम गरेको छ । शाखाले तीज पर्व नजिकिदै गएको अवसरमा शनिबार तुलसीपुरमा अभिकर्ता पुर्नताजकी तथा तीज मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रममा शाखा प्रमुख डम्बर केसीले कुनै पनि पर्व मेलमिलाप गराउने माध्यम रहेको बताउनुभयो । उहाँले तीज पर्व दिदीबहिनीको प्रमुख पर्व भएपनि पुरुषको साथ र सहयोग पनि हुनुपर्ने बताउनुभयो ।

उहाँले आर्थिक सुरक्षा र दीर्घकालिन वचत सुरक्षाका लागि जीवन बिमा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जीवन बिमा पोलिसीले भविष्यको अनिश्चितता र चिन्ता कम गर्न मद्दत गर्ने र यसले स्वंय व्यक्ति र उसको परिवारलाई मानसिक शान्ति प्रदान गर्ने माध्यम पनि रहेको बताउनुभयो ।

पछिल्लो समय सानीमा रिलायन्स लाइफ इन्स्योरेन्समार्फत बिमा गर्नेको आर्कषण रहेको समेत उहाँको दावि छ । कार्यक्रममा बोतल रनिङ प्रतियोगिता समेत गरिएको छ । त्यस प्रतियोगितामा शुसिला थापा मगर प्रथम, करूणा केसी द्वितीय र कल्पना थापा तृतीय हुनुभएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस