२०८१ फाल्गुन ६ गते मङ्गलवार

पिपल चौतारी कृषि सहकारीको १२ औं साधारणसभा

तुलसीपुर, ८ भदौ । पिपल चौतारी कृषि सहकारी संस्था लिमिटेडले १२ औं साधारणसभा गरेको छ । तुलसीपुर-१६ फचकलुवामा रहेको सहकारी संस्थाले आज शनिबार एक कार्यक्रमको आयोजना गरी १२ औं साधारणसभा गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष अमर बहादुर खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा समाजसेवी तुल्सी गिरीको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री न्यौपानेले सहकारीले वचत र ऋण परिचालनमात्रै भन्दा पनि उत्पादनमूखि क्षेत्रलाई जोड दिनुपर्ने बताउनुभयो । मन्त्री न्यौपानेले सहकारीलाई समृद्ध बनाउन सही व्यवस्थापन र विविध आय स्रोतहरूमा लगानी गर्नुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष खड्काले सहकारीलाई आर्थिक उत्पादन संग जोड्नको लागि धेरै कामहरु गरेको बताउनुभयो । उहाँले संस्थाका शेयर सदस्यहरुलाई संस्थाले पशुपालन र खेती गर्न सहजताकोे लागि एक लाखसम्मको कर्जा बिना धितो उपलब्ध गराएको जानकारी दिनुभयो । २०६८ सालमा स्थापना भएको संस्थामा एक सय ६५ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा लेखा संयोजक रमेश बस्नेत, लेखा समिति सदस्य कृति बहादुर डाँगी, समाजसेवि तुल्सी गिरी, भरत न्यौपाने लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको हो । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुद्र बहादुर केसी प्रस्तुत गर्नुभएको थियो ।

विष्णु वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव यज्ञमुर्ति गौतमले गर्नुभएको सहकर्मी घनश्याम वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस