२०८१ चैत्र ८ गते शुक्रवार

बिजौरी उद्योग वाणिज्य संघको ११ औँ साधारणसभा


बिजौरी, ८ भदौ । बिजौरी उद्योग वाणिज्य संघले शनिबार ११ औँ साधारणसभा गरेको छ । संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।

प्रमुख अतिथि मन्त्री न्यौपानेले साधारण सभाको उद्घाटन गर्दै आर्थिक विकासमा निजि क्षेत्रको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । उहाँले पछिल्लो समय आर्थिक मन्दीको असर व्यवसायमा पर्न थालेकोले सरकारले व्यवसायीलाई ढुक्कले व्यवसाय गर्ने वातावरण बनाउने बताउनुभयो ।

व्यवसायीले बुझाएको करले नै राज्य संचालन भएको बताउँदै उहाँले राज्यले पनि निजि क्षेत्रको सुरक्षामा गम्भिर हुने बताउनुभयो । साधारण सभामा कोषाध्यक्ष कणर्बहादुर वलीले आर्थिक प्रतिवेदन र महासचिव दिपक कुमार बस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

साधारण सभामा व्यवसायीले नीजि क्षेत्रको व्यवसाय दिनप्रतिदिन धरापमा जान थालेको बताएका छन् । ग्राहक विदेश पलायन हुन थालेकाले व्यापार व्यवसाय संकटमा पर्न थालेको उनीहरुको गुनासो छ ।

उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले व्यावसायीक क्षेत्रको विकास हुन सकेमात्रै आर्थिक विकास संभव हुने बताउनुभयो । उहाँले विदेशी सामान ल्याएर बिक्रि गरेर भन्दा पनि स्थानीय उत्पादनको ब्राण्डीङ गर्न सकेमा आर्थिक विकास छिटो संभव हुने बताउनुभयो ।

तुलसीपुर-१९ का अध्यक्ष प्रेमनाथ योगी, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी लगायतले आर्थिक समृद्धिमा नीजि क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस