२०८१ मङ्सिर २३ गते आइतवार

भत्किए,तुलसीपुरका दुई वटा घर


तुलसीपुर, २९ दाङ । गएरातिको वर्षाका कारण दाङ तुलसीपुरका दुई वटा घर भत्किएका छन् । तुलसीपुर उपमहागरपालिका वडा नम्बर ७ र ४ का दुई वटा घर भत्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाबर टोलका सुन्तली चौधरीको चार कोठे कच्ची घर भत्कीएर पूर्णरुपले क्षति भएको छ । मंगलबार बिहान ७ बजेतिर घर भत्कीएको चौधरीले बताउनुभयो । बिहानमा भएकाले मावनिय क्षति हुन नपाएको उहाँले बताउनुभयो । घर भत्कीदाखेरी आफुहरु घरमै रहेको तर भाग्न सफल भएको उहाँको भनाई ५ छ ।

घर भत्किएपछि घरमा रहेको लत्ताकपडा तथा अन्नबाली सबै नष्ट भएको छ । करिब ३ लाख बराबरको क्षति भएको चौधरीले जानकारी दिनुभयो । घर भत्केपछि उहाँको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको छ ।

यस्तै तुलसीपुर– ४ कोइलाखानी टोलका जय कुमारी खड्काको घर भत्कीएको प्रहरी चौकी खाद्रेले जनाएको छ । गएराति परेको पानीका कारणले घर कमजोर भएको र त्यही कारण घर भत्केको हुन सक्ने सहायक हवल्दार खिमेन्द्र बोहोराले जानकारी दिनुभयो ।

दुई तले कच्ची घर भत्केर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आज मंगलबार बिहान ९ बजेतिर घर भत्केको हो । मानविय क्षति नभएपनि करिब ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस