२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा स्कुटी र मोटरसाइकल ठोकिदा दुई जना घाइते


तुलसीपुर, २८ साउन । दाङको तुलसीपुरमा स्कुटी र मोटरसाइकल ठोकीदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्कुटी चालक तुलसीपुर- ६ का १८ वर्षीया संजिता केसीको दुवै हात, खुट्टा र शरिरमा चोट लागेको छ ।

यस्तै मोटरसाइकल चालक जिल्ला तुलसीपुर- १७ वस्ने ३० वर्षको अजय खनालको हातमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचा।र भइरहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

आज सोमबार बिहान साढे ११ बजेतिर तुलसीपुर बाट घोराही तर्फ जादै गरेको रा ८ प १५६० नंम्बरको स्कुटी र विपरित दिशावाट आउदै गरेको रा ३ प ९१८४ नंम्बरको मोटरसाइकल तुलसीपुर- ६ हात्तीखौवा चोकमा एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनलाई प्रहरीले नियण्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस