
दाङ, २० साउन । तुलसीपुरबाट सल्यान जाँदै गरेको ट्याक्सी दुर्घटनामा परेको छ । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको ट्याक्सी शान्तिनगर गाउँपालिका-१ हाडीचारमा दुर्घटनामा परेको वडा सदस्य पुस्कर बिकलाई उदृढ गर्दै पत्रकार निराश पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु छ । दुर्घटनामा सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ टोटके निवासी अन्दाजि ५० बर्षका यामबहादुर केसीको मृत्यु भएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार