२०८१ माघ ८ गते मङ्गलवार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


दाङ, २० साउन । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही -तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा शनिबार हिजो साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नम्बर ९ मछाही घर भई घोराही- १५ मा बस्दै आउनुभएका ३९ वर्षिय कुल बहादुर बस्नेतको मृत्यु भएको हो ।

घाइते बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराती नौ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुर आउँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस