
दाङ, १४ साउन । तुलसीपुर-४ गोठीखोला निवासी युवराज खड्का (हाल क्यानडा निवासी) एवं धर्मपत्नी तिला डागी (सुनिता) ले आफ्नी छोरी एन्जल खड्काको पहिलो जन्मोत्सवको अवसर पारेर छोरीलाई जीवन बिमा पोलिसी उपहार दिनुभएको छ ।
युवराज र सुनिताले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी १० लाखको बीमा पोलिसी उपहार दिनुभएको हो । भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने सम्भावित संकटलाई समाधान गर्न सहज होस् भनेर बीमा पोलिसी उपहार दिएको खडका दम्पतिले बताएका छन् ।
हरेक अविभावकले आफ्ना सन्तानको उच्च शिक्षामा सहजता होस र उज्ज्वल भविष्यको कामना सहित लक्ष्य प्राप्तिका लागि भविष्यमा आर्थिक संकट नआओस भनि आफ्नो क्षमता अनुसारको बिमामा बचत गर्ने यस्तो पुण्यकामको सुरुवात सबैले गर्नुपर्ने कम्पनीका अभिकर्ता किरण पुनले बताउनुभयो ।
आईएमई लाईफको बाल उज्जवल जीवन बिमा पोलिसी मार्फत निरन्तर बचत गरि भविष्यमा बोनस सहित एकमुष्ट आउने रकम त्यो समयमा लक्ष्य प्राप्तीको लागि कोसे ढुङ्गा सावित हुने अभिकर्ता गोमा खरालले बताउनुभयो । साथै, राज्यले प्रत्येक नागरिकको बीमा अनिवार्य हुनुपर्ने प्रावधान ल्याएमा नागरिक र राज्यलाई थप सम्वृद्धिको आधार तिर लैजान सकिने आईएमई लाइफ तुलसीपुरका शाखा प्रमुख हरिहर सुवेदीले बताउनुभयो ।