
दाङ, १३ साउन । दाङमा यो वर्ष धान रोपाई क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । जिल्लामा गतवर्ष भन्दा यसवर्ष करिब २ हजार हेक्टर क्षेत्रफल बढीमा धान रोपाई हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
गतवर्ष ३५ हजार ३८४ हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोमा यो वर्ष बढेर ३७ हजार २२५ हेक्टर क्षेत्रफमा रोपाई हुने अनुमान गरिएको कृषी ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो । अहिलेसम्म ३१ हजार ५ सय २ हेक्टर क्षेत्रफमा रोपाई सकिएको छ । जुन करिब ९० प्रतिशत हो ।
समयमा वर्ष नहुँदा र किसानहरुले बिउ राख्न ढिलो गरेकोले १० प्रतिशत क्षेत्रफलमा धान रोपाइ हुन नसकेको लामिछानेको भनाई छ । रोपाई सकेकोे किसानहरुलाई धान राम्रोसंग हेरचाह गर्न सूचना अधिकारी लामिछानेले आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार