२०८१ मङ्सिर २२ गते शनिवार

सञ्चारिका समुह दाङलाइ स्वागत सम्मान


दाङ,१० साउन । ब्रम्ह कुमारी विस्वविधालय दाङको आयोजनामा सञ्चारिका समुह दाङका नवनिर्वाचित पदाधिकारीहरुको बिहिवार घोराहीमा स्वागत संमान गरेको छ ।

सो अबसरमा स्वच्छ र स्वस्थ समाजका लागि मिडियाको भूमिका विषयमा छलफल पनि गरिएको छ । ब्रम्हकुमारी राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी ब्रम्हकुमारी गिता दिदीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

पत्रकार महासङ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतमले सञ्चार जगतले समाज परिबर्तन गर्नका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताइन् । संघ सस्थाको सम्मानले काम गर्न उर्जा मिल्ने उनको धारणा थियो।


सञ्चारिका समुह दाङका अध्यक्ष रञ्जिता अधिकारीले समाजलाइ परिवर्तन गर्नकालागि मिडियाको भुमिका महत्त्वपूर्ण हुने बताइन् । जिम्मेवारी थपिएसंगै साथ सहयोगको अपेक्षा गरेको बताइन् ।

पत्रकारिताले समाजमा रहेका ब्यक्तिहरुको लुकेको आवाजलाई राज्य समक्ष पुराउने र राज्यका गतिविधिलाई सर्बसाधारण समक्ष पुराउने माध्यमका रुपमा पत्रकारितालाइ लिने गरेको बताइन् ।

सूचना सम्प्रेषण गर्दा त्यसबाट पर्न सक्ने शारीरिक , मानसिक , सामाजिक र सम्बेगात्मक पक्षलाई समेत विचार गरि सम्प्रेषण गर्नुपर्ने उनको धारणा थियो ।


कार्यक्रमका अध्यक्ष ब्रहकुमारी राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी ब्रम्हकुमारी गिता दिदीले समाजमा भएका नकारात्मक कुरा बाट बच्नुपर्ने बताइन । ब्यक्तिको शरीर स्वस्थ भए जस्तै मन पनि स्वस्थ हुनु जरुरी छ ।

ब्यक्तीगत स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्ने उनको भनाइ थियो । उनले मन सस्क्त बनाउन कलमलाई ससक्त बनाउन आग्रह गरिन ।
क्षेत्रीय सचिव ब्रह्मकुमार शिबलाल महतराले धर्मलाई मानिसलाई बाध्ने काम गर्ने बताए ।

ब्रम्हकुमारी विस्वविद्यालय नारी शक्तिले संचालन गरेको सस्था भएकाले नारीमा शक्ति हुने बताए । स्वस्थ समाजका लागि पत्रकारको भुमिका ठुलो हुने उनले बताए ।


ब्रम्हकुमार माधब तिम्ल्सिसिनाले नारीहरुको सस्थाले सम्मान गरेको बताए । आफ्नो काममा निरन्तर दिनका लागि सकारात्मक उर्जा प्रदान गर्ने बताए । सो अबसरमा सञ्चारिका समुहका पदाधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस