२०८३ भाद्र १८ गते बिहिवार

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरमा सदस्यता खुल्ला

दाङ, ६ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरमा सदस्यता खुल्ला आब्हान गरिएको छ ।

विस २०४७ सालमा स्थापना भएर निरन्तररुपमा सक्रिय रहेको महासंघले तुलसीपुर उपमहानगरपालिकामा पनि सदस्यता खुल्ला गरेको हो ।

उद्यमशिलता सम्बन्धि कार्य गर्ने संघ संस्थालाई एकतावद्ध गरी व्यावसायिक हितका कार्य गरिरहेको महासंघले नयाँ सदस्यता खुल्ला आब्हान गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँले महासंघको सदस्यता लिनका लागि सम्बन्धित सम्पूणर् उद्योगी व्यवसायीलाई अनुरोध गर्नुभएको छ ।

उहाँले महासंघमा एकतावद्ध हुनका लागि महिला लघुउद्यमी समुहहरु, घरेलु साना तथा मझौला उद्योगहरु, होटेल, पर्यटन तथा सेवामूलक व्यवसायीहरु, सहकारी संस्थाहरु, उर्जा उद्योगहरु, कृषि तथा पशुपालन व्यवसायीहरु लगायतलाई सदस्यता लिन खुल्ला आब्हान गरिएको बताउनुभयो ।

उद्योगी व्यवसायीहरुमा रहेका विविधखाले समस्याहरुको सामुहिक समाधान गर्ने उद्देश्यका साथ महासंघको स्थापना गरिएको उहाँको भनाई छ । नेपालमा तीन दशक अघिदेखि सक्रिय महासंघले तुलसीपुरमा दुई वर्षअघि शाखा विस्तार गरेको हो ।

व्यवसायमा आउने नविनतम चुनौतिको समाधान र नयाँ व्यवसायमा आवद्ध हुन चाहने युवाहरुका लागि महासंघले विषेश पहलकदमी चाल्ने उहाँले बताउनुभयो ।

महासंघले तुलसीपुर उपमहानगरपालिका र अन्य उद्यमशिलता सम्बन्धि कार्य गर्ने संघ–संस्थासंग एकतावद्ध तथा समन्वय गरी तुलसीपुर व्यवसाय सम्बर्धन केन्द्र र नवउद्यमशिलता कार्यक्रम गरिरहेको महासचिव भद्र बहादुर वलीले बताउनुभयो ।

व्यवसायमा आउने चुनौति र समाधानको पहलकदमीका कार्यक्रम लगायत व्यावसायिक हितका कार्य गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस