२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा जडान गरेका ११ वटा सिसि क्यामेरा चल्न छाडे


दाङ, ३१ असार । तुलसीपुर बजारलाई सुरक्षित बनाउने उद्देश्यसहित जडान गरिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । बजारका विभिन्न स्थानमा २०७६ सालमा जडान गरेका सिसि क्यामरा बिग्रन थालेका हन् ।

बजार क्षेत्रमा जडान गरेका २४ सिसी क्यामरामध्ये ११ सिसि क्यामरा चल्न छाडेका छन् । तुलसीपुर उपमहानगरपालिकाले २०७६ सालमा ३० लाखको लागतमा २४ वटा सिसि टिभि क्यामेरा जडान गरेको हो ।

नगरले २४ वटा सिसी क्यामरा जडान गरेपनि प्रहरीको कन्ट्रोलमा २० वटा मात्रै छन् । तर अहिले ति मध्येपनि १३ वटा क्यामेरा मात्रै संचालनमा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हाल तुलसीपुरको बसपार्कको ट्याक्सी पार्क चोक, आलुमन्डी, तुलसी बोडिङ चोक, गोटीखोला लगाएतको ठाँउमा क्यामेराले काम गर्न छोडेको छ । पालिकाले सिसि क्यामेरा जडान गरेपछि चोरीको घटनामा संलग्न भएका, सवारी दुर्घटना भएको सवारी साधनलाई पहिचान गरेर कानूनको दायरमा ल्याउन सफल भएपनि पछिल्लो समय क्यामरा बिग्रन थालेपछि चुनौति बढेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

तुलसीपुर बजारलाई अझ सुरक्षित बनाउनको लागि बजारको मुख्य र अति आबश्यक ठाँउमा सिसि क्यामेरा जडान भएपछि शान्ती सुरक्षामा सहजता थपिने उहाँले बताउनुभयो ।

क्यामेरामा केही समस्या आएमा प्रहरीले खबर गरेपछि पालिकाले मर्मत गर्ने गरेको तुलसीपुर उपमहानगरपालिका सुचना अधिकृत बावुराम न्यौपानेले बताउनुभयो । क्यामेराहरु खुुुला क्षेत्रमा राखेको हुनाले बिग्रिने गरेको उहाँले बताउनुभयो ।

चालु वर्षको मात्रै तीन लाख ९५ हजार रुपैयां खर्च गरेर सिसि क्यामेरा मर्मत तथा बिग्रेर काम नलगाग्ने भएका ठाउँमा नयाँ क्यामरा राखिएको छ । पहिले बजार क्षेत्रमा जडान गरिएका क्यामेराहरु बाहीरका तोडफोड गर्दा समस्या आएको थियो तर त्यो समस्या अहिले समाधान भएको छ ।

विभिन्न प्राकृतिक प्रकोपको कारणले सिसि म्यामेरामा समस्याहरु आउने गरेको उहाँले बताउनुभयो । आगामी दिनहरुमा पालिकाले सबै बजारलाई समेट्नको लागि क्यामराको क्षमता बढाउने सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस