२०८१ कार्तिक २९ गते बिहिवार

तुलसीपुरका मनिष जंगले संचालनमा ल्याए गणपति ज्वैलर्श


दाङ, २८ असार । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै गएको अवस्थामा तुलसीपुरका एक युवाले भने स्वदेशमै सुनचाँदी व्यवसायमा लगानी गरेका छन् । तुलसीपुरका मनिष जंग शाहले गणपति ज्वैलर्श नामको सुनचाँदी व्यवसाय संचालनमा ल्याउनुभएको हो ।

ज्वैलर्शको शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्घाटन गर्नुभएको हो । उहाँले रोजगारीका लागि युवा विदेश पलायन भइरहेको अवस्थामा सुनचाँदी व्यवसायमा लगानी गरी युवालाई रोजगारी प्रदान गर्नु निकै सकारात्मक पक्ष भएको बताउनुभयो ।

संचालक शाहले आफूसंगै अरु युवालाई पनि रोजगारी दिन स्वदेशमै सुनचाँदी व्यवसायमा लगानी गरेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि पनि व्यवसायमा लगानी गरेको बताउनुभयो । युवाहरु विदेश पलायन भइरहेका बेला स्वदेशमै आफु स्वरोजगारसंगै अरुलाई पनि रोजगारी दिने योजनासहित लगानी गरेको उहाँले बताउनुभयो ।

उहाँले ग्राहकहरूको अर्डर अनुसार अत्याधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुको साथै रेडिमेड गहनाहरू समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । –विज्ञापन समाचार

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस