२०८१ मङ्सिर २३ गते आइतवार

आगोले जल्यो घर, लायन्स क्लबको पहलमा बन्यो नयाँ घर


दाङ, ६ असार ।
लायन्स क्लब अफ दाङ क्यापीटलले आगलागी पिडित तुलसीपुर-१३ सिमलखुटी निवासी निर्मला महताराको घर निर्माण गरेको छ । क्लबले वडा कार्यालयसहित विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा आगलागी पिडित महताराको घर निर्माण गरेको हो ।

करिब २ लाख ५० हजारको लागतमा निर्माण भएको घर आज क्लबले आगलागी पिडित महतारालाई हस्तारन्तरण गरेको हो । तुलसीपुर-१३ का अध्यक्ष मोहन पौडेलले आगलागी पिडित निर्मलालाई साँचो हस्तान्तरण गर्नुभएको हो । उहाँले वडा सरकारको सहयोगमा क्लबले घर निर्माण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

क्लबका अध्यक्ष दिपक केसीले विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा घर निर्माण गरिएको बताउनुभयो । महताराको घर गत बैशाख ४ गते जलेको हो ।

बैशाख ४ गते चैते दशै थियो । निर्मला माईति घरमा नगएको पनि केहि समय भैसकेको थियो । दशैमा माईत जाने सोच भएपछि उहाँ घरमा दशैको टिका लगाएर सल्यान जाने तयारी थियो । तुलसीपुरसम्म पुग्न गाडीको प्रतिक्षामा घर नजिकैको बाटोमा घण्टाँै समयसम्म गाडिलाई पर्खनुभयो । अन्य दिनहरुमा समेत छिटपुट गाडी पाइने गथ्र्यो । दशैँकै दिन भएकाले उहाँले त्यो दिन गाडी पाउनुभएन् ।

त्यसपछि उहाँ माईतिघरमा पुगेर दशँै मनाउने आशालाई बिट मारेर पुन : घरतिरै फर्कनुभयो । निर्मलाको घर र सुसरा बुवाको घर सडकमाथिको डाँडोमा जंगल नजिकै संगै छन् । गर्मियाम भएकाले जंगलमा आगो लागेको थियो । अचानक निर्मलाको घर पछाडी बाँसको ठुलो घारमा जंगलमा लागेको आगो सल्कीयो । त्यहि बाँसको घारबाट सल्कीएको आगोले निर्मलाको ससुराबुवाकोे एकतले खरले छाएको घर र निर्मलाको घरगोठ जलेको थियो ।

मानवीय क्षति पनि हुन पाएन् । लाखाँैको धनमालको क्षति भयो । त्यसपछि निर्मला र उहाँको ससुरा बुवाको परिवारमा बस्ने बास भएन् अनि खाने गासको समस्या भयो । विभिन्न स्थानबाट सहयोग सामग्री जुट्यो, गाँउलेहरुले सहयोग गरे । निर्मलाको परिवार विपन्न रहेको जानकारी पाएपछि लायन्स क्लव दाङ क्यापिटलले घर बनाइदिने घोषणा ग्यो ।

यो खवरले निर्मलाको परिवारमा खुशी छायो । घोषणा अनुसार दुई महिना भित्रै निर्मलाको लागि क्लवले स्थानीय सरकार र विभिन्न अभियान्ताहरुको समन्वयमा एकतले जस्तापाताले छाएको घर निर्माण सम्पन्न गरेर बिहिबार निर्मला महतारालाई हस्तान्तरण गरिएको छ ।

क्लवका अध्यक्ष दिपक केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्मित भवनको साँचो बुझाएर हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष पौडेलले चालुवर्षमा मात्रै ३३ घरमा खरको छाना हटाएर जस्तापाता लगाएको बताउनुभयो ।

बाँकी रहेका ६० भन्दा धेरै घरहरुमा आगामी वर्षको बजेटबाट वडालाई खरको छानोमुक्त वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

लायन्स क्लव दाङका क्यापिटल द्वितिय उपाध्यक्ष डम्बर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी लगायतले क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रमको सहजिकरण क्लवका सचिव प्रकास भुषालले गर्नुभएको थियो । क्लवले यसअघि पनि विभिन्न स्थानमा सामाजिक कामहरु गर्दे आएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस