
दाङ, ३ असार ।
तुलसीपुर कुखुरा व्यवसायी समितिको अध्यक्षमा पुन : दुर्गा बस्नेत चयन हुनभएको छ । समितिको आइतबार बबई गाउँपालिकाको पुरन्धारा छहरामा भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशनले बस्नेतको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा किरण आचार्य, सचिवमा दीपक कुमार बस्नेत, कोषाध्यक्षमा बिरज डाङ्गी सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा झुपलाल वली, खुमलाल बिश्वकर्मा र दोमकान्त बस्याल चयन हुनुभएको छ । समितिको सल्लाहकारहरुमा ढाकाबिर खत्री आचार्य , नबराज भुषाल , ताराप्रसाद पौडेल , बसन्त खडका र होम बहादुर बस्नेत चयन हुनु भएको छ ।
समितिको आइतबार पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन गरिएको हो । समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता एवं समितिका संस्थापक अध्यक्ष ताराप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव दीपक कुमार बस्नेतले गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समितिका सस्थापक अध्यक्ष तारा प्रसाद पौडेल , नबराज भुसाल , राप्ती तुलसीपुर पोल्ट्री ढुवानी प्रालिका अध्यक्ष ढाकाबिर खत्री आचार्य , वसन्त खडका , किरण आचार्य , बिरज कुमार डाङ्गी लगायतले सम्पूणर् व्यवसायी एकतामा जोड दिनुभएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका , शान्तिनगर गाउँपालिका, दंगीशरण र बबई गाउँपालिका तथा सल्यान जिल्लाको कालिमाटी रामपुर क्षेत्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो । यस्तै व्यावसायीक हकहित पोल्ट्री उत्पादन तथा बिक्रीवितरणमा परेका समस्याहरु व्यवसायीले औँल्याएका छन् ।
उनीहरुले व्यवसायमा आउने हेरक समस्या र चुनौतीलाई सबैले सहकार्य गरि सामना गर्ने , तुलसीपुर क्षेत्रमा दुईवटा कुखुरा व्यवसायी समिति भएको हुदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तीनगर ,दंङ्गीशरण , बबई सल्यान कालिमाटी रामपुरसमेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायि समिति एक भएको बताएका छन् ।