निरला अर्याल ।
दाङ, ३२ जेठ ।
विश्व रक्तदाता दिवसको अवसर पारी लायन्स क्लव अफ दाङ क्यापिटलले रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान जीवनदान भन्ने नारा सहित उक्त कार्यक्रम रक्तसंचार केन्द्र तुलसीपुरमा गरिएको हो ।
लायन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दीपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक गवर्नर विनोद श्रेष्ठले लायन्सको रगत संगको नाता गहिरो रहेको बताउनुभयो ।
‘लायन्सले रगत दिन मात्र होइन जुन क्षेत्रमा अभाव छ त्यो ठाउँमा दिन जानेको छ’ उहाँले भन्नुभयो-‘समाजमा लिन होइन दिन जानेको एउटा पवित्र संस्था लायन्स क्लब हो ।’
उहाँले निस्वार्थ भावले समाजसेवा दाङ क्यापिटलले गर्न पनि आग्रह गर्नु भएको छ । यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष विनिल केसीले रगत अभावले बिरामी ज्यान जानबाट बचाउन समाजमा युवाहरु अग्रपंक्तिमा रहेको बताउनुभयो ।
सृजनशील कार्यमा युवाहरुलाई अभिप्रेरित गर्न तथा आपराधिक क्रियाकलापबाट टाढा राख्न रक्तदान जस्ता कार्यले महत्वपूणर् भूमिका खेल्ने उहाँको भनाई छ । यस्तै खेर गइरहेको रगतलाई दान गरेर जीवनमा ठूलो पुण्य प्राप्त गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन केसीले भन्नुभयो ।
समाजसेवी पदम पोख्रेलले रक्तदान गर्ने रक्तदाताको सम्मानले रक्तदान गर्न मन नपराउनेहरुको लागि सहयोग गर्ने, आत्मसन्तुष्टि हुने, नकारात्मक कुरामा ध्यान नजाने, अनुशासनमा रहनको लागि अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने समाजसेवी पदम पोख्रेलले बताउनुभयो ।
दाङ क्यापिटलले रक्तदान मात्र होइन आगलागीको क्षेत्रमा , बढी पहिरो लगायत विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आईरहेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ बुटवल तिनाउका सचिव ओम प्रकाश बस्याल, दाङ क्यापिटलका संस्थापक अध्यक्ष हिमाल डाँगी लगायतकाले शुभकामना दिनु भएको थियो ।
जिल्लामा रगतको अभाव हुन नदिन र रक्तदातालाई विशेष सम्मानका साथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दीपक केसीले बताउनुभयो ।
सो अवसरमा १० जनाले रक्तदान गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव प्रकाश भुसालले गर्नुभएको थियो ।