दाङ, ३२ जेठ । राप्ती राजमार्ग अन्तरगत भन्ज्याङ-बबई सडक सात दिनका लागि ठुला मालवाहक सवारीका साधनको आवागमन बन्द हुने भएको छ । सडकमा बेसको काम गर्नका लागि ठुला मालवाहकका सवारी साधनलाई आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले जेठ ३२ देखि असार ६ गतेसम्म ठुला मालवाहक साधनको लागि आवागमन बन्द गरिएको जानकारी दिनुभयो । सो समयमा साना सवारीका साधन बस,मिनिट्रक,जिप तथा मोटरसाईकल भने नियमित सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
वैकल्पिक मार्गका रूपमा ठुला मालवाहक साधनका लागि अमेलिया-लमही र घोराही-तुलसीपुर सडकको प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार