२०८१ मङ्सिर २३ गते आइतवार

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

बझाङ, २८ जेठ । विपत् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सोमबार बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

सदरमुकाम चैनपुरनजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका- ७ खिकिरीका बासिन्दासमेत रहेका उनको अभ्यासको क्रममा सेती नदीको बीचभागमा खसेर मृत्यु भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज संयुक्त रूपमा प्राकृतिक विपतका वेला बाढीमा फसेकाहरूको उद्धारसम्बन्धी नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस