एउटा सोचको खाँचो
कुनै समय थियो
कुनै प्रश्नको उत्तर सजिलै भेटिन्थ्यो,
सायद हाम्रा प्रश्नहरुमा त्यतिधेरै दम थिएन कि !
या त सजिलै उत्तरहरुको श्रृखलाहरुले आफ्नो अस्तित्व, आफ्नो वर्तमानलाई वा हाम्रो क्षमतालाई नै गलाउदै थियौँ….
प्रश्नको उत्तर सजिलै भेटिएन,
उहिले सजिलै भेटिएका उत्तरहरुले अहिले हामीलाई भित्राभित्र गलाउँदै लागिरहेको छ ,समयकाल खण्डमा हामलाई त्यसले अबगत गराइरहने छ म विश्वस्त छु ।
२०६६ सालमा कुनै दिन हामीलाई कुनै प्रश्नको उत्तरमा ‘तिमिहरुको आधारभूत सिकाइ कमजोर छ भनिएको थियो, अहिले आएर ति प्रश्नको उत्तर हामीलाई आउँछ,
उनीहरुको बेस कमजोर छ र उनीहरुको सिकाइको अवस्था पनि कमजोर छ ।’
१२ वर्षमा त खोला नि फर्कन्छ….
हामीले सिकाएर अगाडी पठाएका प्रतिभाहरुले हाम्रो काम र सपना बोकेर हिडिरहेका छन् र हिडिरहने छन् भन्ने कुरा हामीले हेक्का राख्नपर्दछ ।
हामीले जुन अवस्था व्यवस्था र कमजोर सामाजिक संरचनामा अहिलेको वर्तमान कोर्दै छौँ ।
यस्तो अवस्थामा पक्कै पनि संयमता अपनाउनु अति आवश्यक छ । तर पनि एउटा प्रश्नको उत्तर खोज्न मन लाग्छ, हामी कमजोर किन भयौँ ?
किन कि यो प्रश्नको उत्तर हामीले नखोजे कुनै न कुनै कालखण्डमा कसैले न कसैले त्यसको उत्तर खोज्न जरुर गर्नेछ । एउटा विद्यार्थी कमजोर हुनमा के ऊ मात्रै दोषी छ ?
यसको उत्तर खोज्दै गर्दा म केहि समय पहिले पश्चिमाञ्चल क्याम्पसमा अध्ययन सिलसिलामा पुगेको थिए ।
उहि किताब र उही तरिकाको मेहेनतले पुगेका अनेकन साथीहरुको सिकाइको अवस्था भने म भन्दा बेग्लै थियो । उस्तै घरायसी अवस्था … उस्तै वर्गीय अवस्थामा हुर्किएका मानिसहरुमा भिन्न भिन्न समाजको चरित्र हेर्न पाइन्थ्यो र भोग्न पाइन्छ ।
शिखरले रोजेको सजिलो बाटो छोटो हो र यात्रा पनि छोटो !
स्कूललाई भौतिक रुपमा सबल बनाउदै गर्दा यो कुरा पनि ध्यान दिन आवश्यक छ कि भौतिक विकास मात्र पर्याप्त नहुन सक्छ ।
सिकाईलाई अब्बल बनाउन हामीले सम्झन जरुरी छ, एउटा पुस्ताले धुलोमै खेलेर, ब्याट्रीबाट कालोपाटी पोतेर पढेका थिए । उनिहरु र अहिले स्मार्ट स्कूलमा पढ्ने विद्यार्थीमा की फरक छ भने त्यो सिकाउने गुरुको क्यापासीटी र सिकाउने इच्छाशक्ति हो भन्दा त्यति अनुपयुक्त नहोला ।
जीवनको नविनतम हिस्सा आफ्नो समाजको लागि खर्च गर्ने गुरुहरुमा इच्छाशक्तिमा भिन्नता आउनु र हरेक दिन फरक गर्छु र फरक तरिकाको सिकाईको सुरुवात गर्दै जाने इच्छाशक्तिको ह्रासले समाजलाई सहि दिशामा लग्न नसक्ने कुरामा दुइ मत नहोला ।
तर जे जस्तो भएपनि परिणाम हाम्रो पक्षमा आउन कठिन हुनु यान कि सिकाईको अवस्था सुधारको परिणाम नग्गने जस्तै देखिनु निश्चय जस्तै हुनेछ ।
अब फेरी सबै कुरामा गुरुको कमजोरीलाई देखाएर उम्कने परिपाटी उपयुक्त नहोला, समाजलाई माया गर्ने हरेकले यो कुरा मनन गर्न आवश्यक छ कि आफ्नोलाई भन्दा राम्रोलाई प्राथमिकता दिन चुक्न हुदैन् ।
र यो गर्न नसक्नुले हामीलाई कालो इतिहासको हिस्सा त बनाउछ बनाउछ । केहि गर्छु भन्ने इच्छाशक्तिलाई जोगाईराख्न पनि भोलिको दिनमा समाजलाई सहि बाटो हिडाउन मद्धत पुग्ने निश्चय जस्तै रहने छ ।
एउटा सामाजिक व्यवस्थाको सुरुवात नै सिकाईबाट हुन्छ । आजको सिकाइले नै भोलिको संमाजलाई डोराउने कुरामा दुइ मत नहोला । एउटा ब्यक्ति शिक्षकले बुझ्न सक्नुपर्छ उनिहरुले समाजलाई कुन दिशातिर लैजाने र उनिहरुको इच्छा शत्ति m
कतिले सहि दिशा निर्धारण गर्न कस्तो भूमिका खेल्न सक्दछ ।
आफैमा आफैलाई कालो इतिहासको साक्षी हुनबाट जोगाउन र स्वविवेकले आफुलाई अब्बल साबित गर्न पनि थुप्रै चुनौतीहरु छन् तर एउटा ढुंगालाई असल कालीगढले मात्र आकर्षक आकार दिन सक्छ भन्ने कुरामा दुइ मत हुन नसकिएला ।