२०८२ बैशाख ६ गते शनिवार

एन्फा कम्युनिटी काेचिङ काेर्सकाे समापन

दाङ, २३ जेठ । तुलसीपुरमा चार दिनसम्म संचालन भएकाे एन्फा कम्युनिटी काेचिङ काेर्सकाे बुधबार समापन गरिएकाे छ ।

अखिल नेपाल फुटबल संघ दाङका अध्यक्ष संजात धितालकाे अध्यक्षता तथा ज्ञानज्याेति एजुकेसन फाउन्डेसनका सिइओे सुरेन्द्र जिसीकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रमकाे समापन गरिएको हाे ।

त्यअखिल नेपाल फुटबल संघका एन्फाका टेक्निकल डाईरेक्टर हरि खड्काले फुटबल खेलकाे विकास काेचिङ काेर्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


यस्तै संघका हेड अफ काेच एजुकेसन संजित सिंहले खेलाडी उत्पादनमा प्रमुख भूमिका खेल्नुपर्नेमा जाेड दिनुभयो ।
दाङ जिल्ला फुटबल संघका सल्लाहकार जीवन भण्डारीले खेलाडीलाई उपचारमा छुट दिन राप्ती लाइफ केयर अस्पतालले सहकार्य गरिने बताउनुभयो ।


प्रशिक्षार्थी मनिक विश्वकर्मा, अखिल नेपाल फुटबल संघ दाङका सदस्य शरद गाैतम, निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको हाे ।


दाङसहित विभिन्न जिल्लाबाट सहभागी ४४ खेलाडीलाई प्रशिक्षण गरिएको कार्यक्रम संयाेजक मिग्मा चाैधरीले बताउनुभयो ।
कार्यक्रमकाे सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस