तुलसीपुर,२३ जेठ । ज्ञानज्याेति फाउन्डेसन तुलसीपुरले फुटसल काेर्ट बनाएको छ । विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जाेड्नका लागि फाउन्डेसनले फुटसल काेर्ट निर्माण गरेकाे हाे ।
फाउन्डेसनले संचालनमा ल्याएका विद्यालयमा अध्ययनरत विद्यार्थीमा फुटबल खेलकाे विकास गराउन फुटसल काेर्ट निर्माण गरेकाे ज्ञानज्याेति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो । फाउन्डेसनले तुलसीपुर-६ मा रहेको संस्कार पाठशालाकाे परिसरमा फुटसल काेर्ट निर्माण गरेकाे छ । फुटसल काेर्ट निर्माणसंगै विद्यार्थीमा फुटबलप्रतिकाे रुचि झनै बढ्ने सिइओ जिसीले बताउनुभयो ।

यसैबीच फुटसल काेर्टकाे बुधबार उद्घाटन गरिएको छ । काेर्टकाे अखिल नेपाल फुटबल संघका एन्फाका टेक्निकल डाईरेक्टर हरि खड्काले गर्नुभएको हाे ।
डाइरेक्टर खड्काले विद्यालयस्तरमै खेलाडी उत्पादनका लागि फुटसल काेर्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनसंगै खेलाडी उत्पादनमा ज्ञानज्याेति फाउन्डेसनले खेलेकाे भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

यस्तै दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले फुटबल खेलकाे विकासका लागि फुटसल काेर्ट स्थापना गरिनु निकै सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले खेलाडी उत्पादनकाे पहिलाे आधार फुटसल नै रहेकाे बताउनुभयो ।
संस्कार पाठशालाका एकेडेमी काेर्डिनेटर बलदेव पाेखरेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको हाे ।



