दाङ, २० जेठ । दाङमा टिप्परले विद्युतको पोल ढाल्दा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर – १८ मा टिप्परले बिद्युत पोल ढालेपछि चोट लागेर गम्भिर घाईते भएकी तीन वर्षीया बालिकाको मृत्यु भएको हो ।
शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले विद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो
ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर – १७ मानपुरका तीन बालक घाइते भएका थिए । त्यसमध्ये लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा गएराति ११ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अन्य दुई बालक भने उपचारपछि डिस्चार्ज भइ सकेका छन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार