
रोल्पा, १८ जेठ । रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । दुर्घटना परी १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
रोल्पाको ओतबाट दाङको तुलसीपुर जाँँदै गरेको ग १ ज ५७४२ नम्बरको पिकअप शुक्रबार दिउँसो सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ धैरेनी खोलास्थित भित्रि सडकमा ब्रक फेल भएर दुर्घटना भएको थियो ।
घाइते हुनेमा दाङको बबई गाउँपालिका ६ बस्ने २९ वर्षिया संगिता वली, रोल्पा गंगादेव गाउँपालिका २ बस्ने मदन भण्डारी, सोही ठाउँकी ४० वर्षिया रामसरी भण्डारी, १७ वर्षिया चन्द्रकला भण्डारी, २० वर्षिया निर्मला वली, ११ वर्षिय सुरेश वली, १० वर्षिय दिनेश भण्डारी रहनुभएको छ ।
यस्तै घोराही उपमहानगरपालिका १५ बस्ने ४५ वर्षिया दिपा डाँगी, सोही ठाउँकी २४ वर्षिया दिलमाया विष्ट र १७ वर्षिय कुमार डाँगी रहनुभएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जिप चालक रोल्पा गगंगादेव गाउँपालिका १ निवासी ३८ वर्षिय भरत विकलाई प्रहरी चौकी कपुरकोटले नियन्त्रणमा लिएको छ ।