घोराही, १७ जेठ । अत्याधिक गर्मी बढेपछि घोराही उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । घोराही उपमहानगरपालिकाका भोलिदेखि जेठ २२ गतेसम्म बन्द हुने नगरले जनाएको छ ।
नगर कार्यपालिकाको आज बसेको बैठकले पाँच दिन विद्यालय बन्द गर्ने निणर्य गरेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले बताउनुभयो । वर्ष बिदाबाट कट्टी हुने गरी गर्मी बिदा दिएको उपमहानगरले जनाएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार