२०८१ मङ्सिर २२ गते शनिवार

असल कामको अनुशरण गर्न कुमाखको टोली कपुरकोटमा

सल्यान, १३ जेठ । कपुरकोट गाउँपालिकाले गरेका असल कामको अनुशरण गर्नका लागि कुमाख गाउँपालिकाका रोजगार संयोजक र प्राविधिक सहायकले कपुरकोटका जनप्रतिनिधि र कर्मचारीसंग भेट्घाट गर्नुभएको छ ।

रोजगार संयोजक जीवन शर्मा र प्राविधिक सहायक हरिबहादुर रानाले कपुरकोट गाउँपालिका उपाध्यक्ष, वडाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायतसंग भेटघाट गर्नुभएको हो ।

कपुरकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम र मूख्यमन्त्री रोजगार कार्यक्रमलाई नतिजामूखि बनाउन गरेका असल कामको अनुशरण गर्नका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसंग भेटघाट गरिएको रोजगार संयोजक शर्माले बताउनुभयो ।

आगामी आर्थिक वर्षदेखि रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि कपुरकोटले गरेका असल कामको अनुशरण गरिने उहाँको भनाई छ ।

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रम र मूख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले बजेटमा साझेदारी गरिरहेको बताउनुभयो ।

उहाँले बजेट खर्च गर्ने मात्रै भन्दा पनि खर्च गरेर नतिजा आउने गरि काम गरेको बताउनुभयो । यस्तै वडा नम्बर १ का अध्यक्ष बालाराम खड्काले रोजगार कार्यक्रमबाट सडकको पक्कि नाला र पक्कि सडक निर्माणको कामलाई अघि बढाएको बताउनुभयो ।

यस्तै वडा नम्बर ६ का अध्यक्ष श्याम कृष्ण बोहराले पालिकासंगको साझेदारीमा रोजगार कार्यक्रमलाई नतिजामूखि बनाउन पक्कि कुलो र पार्कको निर्माणलाई अघि बढाएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले कम्तिमा पनि ५० प्रतिशत बजेट छुट्याउने गरेको बताउनुभयो । यस्तै रोजगार संयोजक विपना बुढामगरले पालिकाले साझेदारी गरेपछि रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस