२०८१ फाल्गुन ७ गते बुधवार

दाङ र सल्यानको कपुरकोट क्षेत्रमा तीन दिन विद्युत नआउने

दाङ, १२ जेठ । तुलसीपुरसहित पश्चिम दाङ र सल्यानको कपुरकोट क्षेत्रमा भोलि आईतबार (जेठ १३ गतेदेखि तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार ५ वटा सबस्टेशनबाट सञ्चालित १० वटा फिडर अन्तर्गतका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अश्वारा सबस्टेशनबाट वितरित फिडर अन्तर्गत भमके,अश्वारा, बालापुर फिडर अन्र्तगत बालापुर र सलौरा, सुकौरा फिडर अन्तर्गत सुकौरा,दोघरे,दुधेना, हापुरे सबस्टेशनको पुरन्धाारा फिडर अन्तर्गत हापुरे, हंसपुर,जौबारी, बगाले, कालीमाटी लगाएतका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको छ ।

यस्तै बाघमारे फिडर अन्तर्गत खिलतपुर, गुनडले, पेदा, बाघमारे, जुम्लेकुला, भलानेटी, बगरखोला, चिराघाट, पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले,कट्कुईया,मलइ,रगैँचा लगाएतका क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने प्रमुख गोसलीले बताउनुभयो ।

यस्तै तुलसीपुर सबस्टेशनको कपुरकोट फिडर अन्तर्गत रानागाँउ, राम्री, कृष्ण मन्दिर फिडर अन्तर्गत सल्यानरोड, घोराहीरोड, बसपार्क, कृष्णमन्दिर, मानपुर–बिजौरी फिडर अन्तर्गत बिजौरी, मानपुर र मलवार, हापुरे १३२÷१३३ केभि सबस्टेशनको हापुरे, अश्वारा ३३ केभि लाईन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दंगिशरण र बबई गाँउपालिकाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।

प्रमुख गोसलीका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जेठ १३ गतेदेखि १५ गतेसम्म लगातार तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । यस्तै सोही समयमा सोही स्थानहरुमा जेठ २६ गते पनि विद्युत अवरुद्ध हुने प्रमुख गोशलीले बताउनुभयो । तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस