२०८१ मङ्सिर २२ गते शनिवार

शान्तिनगर -३ मा पहिलोपटक पुग्यो विद्युत


दाङ, ११ जेठ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ आज पहिलोपटक विद्युत पुगेको छ । वडाका ४० घरमा आजदेखि विद्युत सुचारु भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।

वडामा ५७ लाखको लागतमा विद्युत विस्तार भएको उहाँले बताउनुभयो । गाउँमा पहिलो पटक विद्युत पुगेपछि स्थानीय नागरिक खुशी भएका छन् ।

यसअघि सोलार भरमा रहेका स्थानीय नागरिकले बिजुलीबाट बत्ति बाल्नेदेखि मोबाइल चार्ज गर्न सहज हुने भएको छ । विकट वस्तीका रुपमा रहेको वडा नम्बर ३ का अन्य वस्तीमा पनि विद्युत विस्तर गरिने प्रमुख गोसलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस