२०८१ मङ्सिर २३ गते आइतवार

बिरामी श्रीमानलाई औषधि लिन जाँदै गरेकी रेश्मीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

दाङ, १० जेठ । दाङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी निबासी हाल तुलसीपुर-१२ मा बस्दै आएकी ६२ वर्षिय रेश्मी केसीको मृत्यु भएको हो ।

बिरामी श्रीमानको लागि औषधि लिन मेडिकल जादै गरेकी केसीलाई मोटरसाइकलले बुधबार बेलुका ठक्कर दिएको हो । मृतक केसीका श्रीमान दमको बिरामी हुनुहुन्छ । उहाँलाई औषधि ल्याइदिन भनि मेडिकल जाने क्रममा रा ६ प ६०४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

रोल्पाबाट आफ्नो घर जस्पुर जाँदै गरेका शेरबहादुर चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट केसीको टाउकोमा गहिरो चोट लागेको थियो । उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा डाक्टर मृत घोषणा गरेका थिए ।

शबलाई पोस्टमार्टमको लागि तुलसीपुर प्रादेशिक अस्पतालमा राखिएको छ । त्यस्तै मोटरसाइकल चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस