दाङ, ९ जेठ । दाङ-सल्यान सडक फेरि दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक फराकिलो पार्नका लागि दैनिक १० घण्टा बन्द गरिने भएको हो ।
राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका- ३ को राम्रीदेखि सल्यानको कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले १० दिनसम्म दैनिक १० घण्टा सडक बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीले जेठ ११ देखि २० गतेसम्म बिहान ११ देखि बेलुका ५ बजेसम्म र राती ९ देखि १२ बजेसम्म आवागमन बन्द गरिने जानकारी दिनुभयो ।
वैकल्पिक मार्गकारूपमा साना सवारी साधनका लागि पैयाँखोरिया, सातवास, किमुचौर हुँदै कपुरकोट सडक व्यवस्था गर्न सकिने भएको छ । तुलसीपुर कपुरकोट सडकखण्ड साँघुरो हुँदा दैनिक दुर्घटना हुँदै आएका छन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार